गगन थापाको चेतावनी : फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस्
  • CIA Khabar

  • काठमाडौँ ।  नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको आदेश मन नपरे असहमत हुन पाइने तर अस्वीकार गर्न नसकिने बताएका छन् । सर्वोच्चले प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

    प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको उल्लेख गर्दै उनले सर्वोच्चले व्याख्या गर्दै संविधानको रक्षा गरेको बताएका छन् । सर्वोच्चको आदेशपछि एमालेनिकट युवा संघले विरोध प्रदर्शन गरेपछि नेता थापाले उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा नपुर्‍याउन भनेका छन् ।

    प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ । अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन,उनले भनेका छन्, उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौँ। नत्र भिरबाट खस्नेलाई रामराम ।

  • २८ असार २०७८, सोमबार १६:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images