सर्वोच्चले जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गर्‍यो : डा. कोइराला
  • CIA Khabar

  • काठमाडौँ ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सर्वोच्च अदालतले जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको बताएका छन् ।

    संसद पुनर्स्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि सोमबार ट्वीट गर्दै कोइरालाले भनेका छन्, ‘लामो रस्साकसी पछि सर्वोच्च अदालतले आज जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको छ । ’

    उनले सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको पनि बताएका छन् । सोमबार सर्वोच्चले संसद पुनर्स्थापनासँगै प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र नियुक्त गर्न राष्ट्रपतिको कार्यालय र संसदका नाममा परमादेश जारी गरेको छ ।

  • २८ असार २०७८, सोमबार १७:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images