काठमाडौँ ।राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी ओलीका कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको आरोप लगाएका छन् ।
सोमबारको राष्ट्रियसभाको बैठकमा उनले प्रधानमन्त्री ओलीले मुलुकमा लोकतन्त्रका लागि भएका आन्दोलनका सहयात्रीसँग सहमति र सहकार्य नगरी बहुमतको दम्भका आधारमा अघि बढ्ने प्रयासले राजनीतिक अस्थिरता निम्तिएको आरोप लगाए ।
प्रधानमन्त्री ओलीलाई असहज हुँदा कोरोना संक्रमण बढ्ने र लकडाउन हुने तर सहज हुँदा कोरोना नलाग्ने जस्तो गरिने गरेको उनको भनाइ छ।
सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिडारीले भने, ‘कोरोना रोग प्रधानमन्त्रीको प्रेमिकाजस्तो बनेको छ । प्रधानमन्त्रीलाई असहज भयो कि यो उफ्रेर नेपालमा आउँछ । अनि निषेधाज्ञा, लकडाउन, बन्दाबन्दी बन्छ । प्रधानमन्त्रीलाई सजिलो भएपछि यो जान्छ ।
सरकारले पनि सही नेतृत्व र सुझबुझ ढङ्गबाट निर्णय नदिए संसद् मात्र नभई राज्यका सबै संयन्त्र र निकाय लथालिङ्ग हुने उदाहरण देखिएको बताए ।