सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ गराउने तयारी
  • CIA Khabar

  • काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

    सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी दिए ।

    ‘सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपतिज्यूले देउवाजीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ,’ उनले भने, ‘उहाँको शपथ आजै गराउने तयारी भइरहेको छ ।’

    यसअघि सोमाबार सर्वोच्च अदालतले देउवालाई मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिको कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

  • २९ असार २०७८, मंगलवार १४:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images