नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ ग्रहणमा किन भयो ढिलाइ?
  • CIA Khabar

  • काठमाडौ ।     नवनियुक्त प्रधानमन्त्री  देउवाको शपथ ग्रहण कार्यक्रममा ढिलाइ भएको छ । देउवाले अस्वीकार गरेपछि शपथ ग्रहरणको कार्यक्रममा ढिलाइ भएको हो ।

    राष्ट्रपतिको कार्यालयले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् । स्रोतका अनुसार देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएपछि शपथमा ढिलाइ भएको हो ।

    प्रधानमन्त्रीको नियुक्तिमा संविधानको धारा नै उल्लेख गर्नुपर्ने पूर्वराष्ट्रपति रामवरण यादवका कानुनी सल्लाहकार ललितबहादुर बस्नेतले बताए।

    राष्ट्रपति कार्यलयले‍ मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसलाबमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेको थियो ।

     

  • २९ असार २०७८, मंगलवार १९:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images