पार्टीभित्रको निरंकुशता स्वीकार गर्न सकिँदैन: नेता डा. कोइराला
  • CIA Khabar

  • विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निरंकुशता अन्त्य गर्न स्थापित भएको पार्टीभित्रको निरंकुशता स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

    शनिबार विराटनगरस्थित कोइराला निवासमा पार्टीमा नवप्रवेशीहरुलाई स्वागत गर्दै उहाँले भन्नुभयो, “नेपाली कांग्रेस निरंकुशता अन्त्य गरी लोकतन्त्र स्थापना गर्न बनेको पार्टी हो । त्यसैले पार्टीभित्रको निरंकुशता पनि कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।”

    त्यस अवसरमा संस्थागत विद्यालय महासंघ (प्याब्सन)का पूर्व मोरङ अध्यक्ष एवं केन्द्रीय सदस्य वासुदेव न्यौपाने, एन प्याब्सनका राजन छाराहाङ, विवेकशील साझा पार्टीका नेता राजेश कर्ण, एन प्याब्सनका मोरङ कोषाध्यक्ष इन्द्रनारायण साहलगायत कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

    नवप्रवेशीको तर्फबाट बोल्दै छाराहाङले अबको देशको राजनीतिक परिवेशलाई निकास कांग्रेसले मात्र दिन सक्ने बुझेरै पार्टीमा आएको बताउनुभयो ।

  • १९ बैशाख २०७८, आईतवार ०८:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images