तनाव,मानसिक रोग,डिप्रेसन जस्ता समस्याले विश्वमा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढ्दो छ । सामान्य अर्थमा आफ्नो जीवन आफैँले समाप्त गर्नुलाई आत्महत्या भनिन्छ । प्रत्येक वर्ष विश्वमा ८ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने विभिन्न तथ्याङ्कले देखाउँछ ।
मानिस अक्सर बाँच्ने उपाय खोजिरहेको हुन्छ । मृत्युदेखि सधैँ भयभीत रहेर सकेसम्म धकेल्ने कोसिस गर्दछ । रोगसँग लड्दा पनि ऊ मृत्युसँग हार्न चाहँदैन । तर त्यही मानिस कहिलेकाहीँ सानो सानो कुरामा पनि जीवन समाप्त गर्न पछि पर्दैन ।
विश्वमा धेरै सेलिब्रिटीले आत्महत्याको बाटो रोजेर आफ्ना प्रशंसकलाई स्तब्ध तुल्याएका छन् । नेपालका पनि केही कलाकारले त्यस्तो कदम उठाएर आफन्त,प्रशंसक तथा सहकर्मीलाई रुवाएका छन् । केही दिन अगाडि मात्र अभिनेत्री तथा निर्माता जेनी कुँवरले आत्महत्या गरेर सबैलाई दुखी बनाएकी छन् । जेनीजस्तै आत्महत्या रोज्ने अन्य थुप्रै सेलिब्रेटी छन् । जसको मृत्युलाई कलाक्षेत्रले भुल्न सकेको छैन ।
यी नेपाली सेलिब्रेटी जसले आत्महत्या रोजे ता पनि दर्शकहरु को मन् मा सदैब जिबित छन्
यमबुद्ध (गायक)
जेनी कुवँर (अभिनेत्री तथा निर्माता)
गीताञ्जली सुनुवार (अभिनेत्री)
श्रीषा कार्की (अभिनेत्री)
नवीना केसी (अभिनेत्री)
आलोक नेम्वाङ (निर्देशक)
कुल पोखरेल (गायक)
योगिता मोक्तान (गायिका)
केदार श्रेष्ठ (फिल्म निर्माता)
जेशिका खड्का