गण्डकी प्रदेशसभाको बैठकमा एमाले सांसदले टेबुल नै फाले
  • CIA Khabar

  • काठमाडौं । गण्डकी प्रदेशसभाको बैठकमा एमाले सांसदले टेबुल नै फालेका छन् ।

    बुधबार बसेको प्रदेशसभा बैठकमा एमाले सांसद रामशरण बस्नेतले मन्त्रीको टेबुल नै फालेका हुन् । बस्नेत गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

    एमालेले १०बुँदे माग राख्दै संसद बैठक चल्न नदिने अडान लिएको थियो । तीन पटक बैठक स्थगित भए पनि सहमति जुट्न सकेको थिएन ।

    चौथो बैठकमा सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक-२०७८ प्रस्तुत गर्न मुख्यमन्त्रीलाई बोलाएपछि एमाले विरोधमा उत्रिएको थियो ।

    एमाले रोष्टमतिर जान लागेपछि मार्सल नै लगाएर सभामुख अघिकारीले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यतिबेला एमाले सांसद र मर्यादापालकबीच धकेलाधकेल भएको थियो ।

  • ३० असार २०७८, बुधबार १७:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images