काठमाडौं । सरकारले मार्सल लगाएर बजेट पारित गरेपछि एमाले संसदीय दलले पत्रकार सम्मेलन डाकेको छ ।
संसदमा भएका गतिविधिबारे आफ्नो धारणा सार्वजनिक गर्न बुधबार साढे पाँच बजे संसदीय दलको कार्यालयमा दलले पत्रकार सम्मेलन गर्दै छ ।
बुधबारको प्रदेशसभा बैठकमा एमालेको अवरोधबीच आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
बजेट निर्णायर्थ प्रस्तुत भएपछि एमाले सांसदले बैठक नै बहिष्कार गरेका थिए । बजेट वितरण असमान भएको भन्दै एमालेले आजको बैठक अवरुद्ध गरेको थियो ।
एमालेको विरोधका बीच आगामी आर्थिक वर्षको ३० करोड ३ लाख रुपैयाँको बजेट बहुमतले पारित भएको छ ।