काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता जारी छ ।
प्रधानमन्त्री नियुक्त भएपछि देउवा नेता नेपाललाई भेट्न पहिलो पटक कोटेश्वर गएका हुन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि कोटेश्वर पुगिसकेका छन् ।
भेटमा नयाँ सरसकार गठनपछिको राजनीतिक परिस्थिति, विश्वासको मत लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न देउवालाई एमालेको नेपाल पक्षका २३ जना सांसदहरूले समर्थन दिएका थिए ।