यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड ,यसरी हेर्नुस् नतिजा
  • CIA Khabar

  • काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओको बाँडफाँट भएको जानकारी दिएको छ । संस्थाको आईपीओको नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

    प्रभु क्यापिटलका अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट, मेरो शेयरको मोबाइल एप, यूनियन लाइफ इन्स्योरेन्सको वेबसाइट र बिक्री प्रबन्धक प्रभु क्यापिटल वेबसाइटबाट आईपीओ नतिजा हेर्न सकिन्छ ।

    असार २४ गतेदेखि २८ गतेसम्म निष्काशन भएको प्राथमिक शेयरका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । जसमध्ये बाँडफाँडका लागि २१ लाख १२ हजार ७९९ जना मात्रै योग्य भएका छन् । कम्पनीको आइपीओमा आवेदन दिनेमध्ये ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको छ ।

    सर्वसाधारण समुह तर्फको ६४ लाख ५० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात तीन लाख २२ हजार ५०० कित्ता कर्मचारी र यतिनै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँड गरिएको छ ।

    बाँकी रहेको ५८ लाख ५ हजार कित्ता आम सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् । योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये भाग्यसाली ५ लाख ५८ हजार ५ सयले १०र१० कित्ता शेयर प्राप्त गर्न सक्ने छन् । बाँकि १५ लाख २७ हजार ७९९ जनाको हात खालि भएको छ ।

     

  • ३१ असार २०७८, बिहीबार १७:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images