काठमाडौँ । कानून,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागी भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रमालयमा बिहीबार भएको भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
क्वात्राले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक रहेको स्मरण गर्दै आगामी दिनमा समेत दुई देशबीच सहयोग, सहकार्य र सद्भावना थप गाढा हुने विश्वास व्यक्त गरे ।
मन्त्री कार्कीले नेपाल र भारतबीचको मित्रता ऐतिहासिक रहेको तथा दुई देशबीचको मित्रता सदैव सौहार्दपूर्ण रहने विश्वास व्यक्त गरे ।
साथै नेपालमा कोभिड–१९ को नियन्त्रणको लागि भारत सरकारले देखाएको चासो र सहयोगको लागी धन्यबाद व्यक्त गरे ।