ओलीले बोलाए स्थायी कमिटी बैठक
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

    अध्यक्ष ओलीले शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

    अध्यक्ष ओलीले ३३ सदस्यीय स्थायी कमिटी बैठक बोलाएका छन् जसमा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)सहितका नेताहरु रहेको उनले बताए ।

    यस्तै, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा एमालेका तर्फबाट थपिएका स्थायी कमिटी सदस्यलाई पनि बैठकमा बोलाइएको नेता तामाङले जानकारी दिए।

  • ३१ असार २०७८, बिहीबार २१:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images