एमाले संसदीय दलको बैठकमा पुनर्स्थापित संसदमा पार्टीको भूमिका बारे छलफल हुने
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आजलाई बोलाइएको छ ।

    बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

    साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले बताए ।

    सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई खबर गरिएको उनले बताए ।

  • १ श्रावण २०७८, शुक्रबार ०७:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images