एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    बुधबार भएको स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गर्दै समर्थन नगर्ने निर्णय गरेको हो ।

    एमालेले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यो निर्णयको पालना गर्न निर्देशन समेत दिएको छ ।

    ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।

    ज्ञवालीले भने, ‘पार्टीले प्रतिपक्षमा उभिने निर्णय गरेको छ । कोही साथीहरु सरकारको पक्षमा उभिनु हुन्छ भने सर्वोच्च अदालतले त्यो बाटो खुला गरिदिएको छ उहाँहरु जान सक्नुहुन्छ । तर पार्टीले सबै प्रतिनधिसिभा सदस्यलाई विश्वासको मत नदिन निर्देशन गरेको छ ।’

    कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई एमालेका कुनै सांसदले समर्थन गरे त्यो व्यक्तिगत निर्णय हुने ज्ञवालीले बताए ।

    एमालेको माधव कुमार नेपाल पक्षले गठबन्धनलाई समर्थन गर्ने संकेत गरिसकेको छ ।

    आजको संसदीय दलको बैठक पनि नरोकिने उनले प्रष्ट पारे ।

  • १ श्रावण २०७८, शुक्रबार १४:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images