लागुऔषधसहित दुई जना पक्राउ
  • CIA Khabar

  • धनगढी । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

    जिल्लाको टीकापुर नगरपालिका-७ का ३६ वर्षीय लोकेन्द्र साउद र २८ वर्षीय धनबहादुर सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरु दुवै जनालाई टीकापुर नगरपालिका ६ को नारायणपुर शिबिरबाट पक्राउ गरिएको जानकारी दिए ।

    उनीहरुको साथबाट १४.९७ ग्राम खैरो हिरोइन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १ श्रावण २०७८, शुक्रबार १७:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images