मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु
  • CIA Khabar

  • धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । शुक्रबार राति पूूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुुहा नगरपालिकाको स्याउलेमा से ३प ५९५४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

    पशुुचौपायासँग मोटरसाइकल ठोक्किदा जोशीपुर-६ का पदम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।

    दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्युु भएको डीएसपी बिष्टले बताए । राति करीब १० बजेतिर दुर्घटना भएकोमा कैलालीमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि कोहलपुर पठाइएको थियो ।

  • २ श्रावण २०७८, शनिबार ०९:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images