रामकुमारी झाँक्री शिक्षामन्त्री बन्दै ?
  • CIA Khabar

  • Interview with Ram Kumari Jhakri, federal lawmaker of Nepal Communist Party (NCP) and a member of the Finance Committee of the Federal Parliament, in Kathmandu, on Friday, April 19, 2019. Photo: Naresh Shrestha/THT

    काठमाडौं । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस नेता शेरबहादुर देउवाले माधव नेपालकुमार समूहलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

    नेपाल समूहकै समर्थनमा प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर, एमालेको नेपाल समूहको समर्थनबिना देउवा सरकारले विश्वासको मत पाउने सम्भावना छैन ।

    देउवा भने तत्कालै विश्वासको मत लिने तयारीका साथ नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले नेता नेपालको निवासमा नै पुगेर सरकारमा सहभागीको लागि आग्रह गरेको स्रोतले बताएको छ ।

    नेता नेपालले प्रधानमन्त्री देउवालाई आफूहरु पार्टी एकताको लागि प्रयासरत रहेको र अहिले सरकारमा सहभागी हुने वा नहुने भन्ने कुरा केही दिनपछि भन्ने जवाफ दिएका थिए । सानो आकारको मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिए नेता नेपाल समूहलाई ८ वटा मन्त्रालय दिने तयारी गरेको बताइएको छ ।

    यदि नेपाल समूह सरकारमा सहभागी भएमा घनश्याम भुसाल, भीम रावल, रामकुमारी झाँक्री, योगेश भट्टराई, गोकर्ण बिष्ट लगायतका नेता मन्त्री अवश्य बन्छन् । नेपाल समूह सरकारमा सहभागी भएमा शिक्षामन्त्री मन्त्री रामकुमारी झाँक्री नै हुने चर्चा पनि चलेको छ ।

    यसअघि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रलाई दुई मन्त्रालय दिइसकेका छन् । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री भइसकेका छन् । यस्तै नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन तथा न्याय मन्त्री बनिसकेका छन् ।

     

  • २ श्रावण २०७८, शनिबार १०:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images