बझाङमा वृद्धभत्ताको ३९ लाख चोरी आरोपमा वडा सचिव पक्राउ
  • CIA Khabar

  • धनगढी । बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक पक्राउ परेका छन् ।

    बुुङ्गल नगरपालिका–९ र ११ को वडा सचिवको रुपमा कार्यरत उपेन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुुवै वडाको सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रकम सचिव र प्राविधिक सहायकले चोरी गरेको अभियोग लागेपछि शुुक्रबार उनीहरुलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिए ।

     

    उनीहरुविरुद्ध अपराधिक लाभ र विश्वास घातसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिएको डीएसपी खड्काले बताए ।

    सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैँकबाट झिकेर वडा सचिव महतोको कोठामा राखेको अवस्थामा रकम चोरी गरिएको भन्दै वडा नम्बर ११ का अध्यक्ष रामबहादुर बोहराले जाहेरी दिएका थिए । उक्त रकम असार २९ गते महतोको कोठाबाट हराएको जानकारी आएको प्रहरीले जनाएको छ ।

  • २ श्रावण २०७८, शनिबार २०:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images