जिउँदै आमा–बाबुको मुत्युदर्ता
  • डम्मर दत्त भट्ट

  • कञ्चनपुर।कञ्चनपुरका एक युवकले आफ्नै सहोदर दाजुबाट जमिन हड्प्नका लागि जिउँदै आमा–बाबुको मुत्युदर्ता गराएका छन । बेदकोट नगरपालिका ५ धरमपुरका सुरेन्द्र लुहारले सहोदर दाजुबाट जमिन हड्प्नका लागि भारतमा बस्दै आएका आमा–बाबुको मृत्युदर्ता गराएका हुन । सुरेन्द्रका आमाबाबु भीमदत्त नगरपालिका १० तिलकेनी बस्दै आएका थिए । लामो समयदेखि सुरेन्द्रका बाबु झिक्ले लुहार र आमा चुकी लुहार भारतमा बस्दै आएका थिए ।
    लुहार दाम्पतीका कान्छा छोरा सुरेन्द्र लुहारले सहोदर दाजुबाट जमिन हत्याउनका लागि जिउँदै आमाबाबु मरेका देखाएर आफ्नो नाममा लालपुर्जा बनाएका छन ्भीमदत्त नगरपालिका १० तिलकेनीबाट सुरेन्द्र लुहारले जमिन बेचेर बेदकोट नगरपालिका ५ धमरपुरमा किनेका छन । उनले धमरपुरकोे ६ कट्टा जमिन आमाबाबु मरेका देखाएर नक्कली प्रमाण खडा गरेर आफ्ना नाममा हालेका छन । उनले कोरोना महामारीको मौकाछोपी सुरेन्द्रले गत बर्ष असोजमा भीमदत्त नगरपालिका १० नम्बर वडा कार्यालयमा आमाबाबु मरेको मृत्युदर्ता गराएका हुन । सुरेन्द्रले वडादेखि मालपोत कार्यालय ठगेर आफ्नो नाममा जमिन हाले लगत्तै बैक वित्तिय संस्थामा लालपुर्जा राखेर ऋण समेत झिकेका छन । सुुरेन्द्रका दाजु भीमदत्त नगरपालिका १० गड्डाचौकी बस्दै आएका छन । अहिले सुरेन्द्रका बाबुआमा भारतबाट फर्किएपछि उनले मृत्युदर्ता गराएर जमिन आफ्नो नाममा हालेको तथ्य बाहिरिएको हो ।

    भीमदत्त नगरपालिका १० का वडा सचिव गगन नाथले सुरेन्द्रले सरकारी अड्डामा झुटा विवरण पेश गरेर जिउँदै आमाबाबुको मृत्यु दर्ता गराएको बताए । ‘मृत्युदर्ताका लागि निवेदनक अर्थात सुचकले निवेदन सहित मृतकको नागरिकता र आफ्नो नागरिकताको फोटोकपि ल्याएर दर्ता गराउन सकिने प्रावधान छन, ‘सचिव नाथले भने, ‘सुरेन्द्रले कार्यालयका लागि आवश्यक सबै प्रमाण ल्याएका थिए, दर्ता गराएर गएका रहेछन ।’
    सुरेन्द्रले भारतमा बस्दै आएका आमाबाबु मरेका भन्दै ११ असोज ०७७ सालमा मृत्युदर्ता गराएर बेदकोटमा रहेको जमिन आफ्नो नाममा हालेको बताए । ‘यो सरारस सरकारी अड्डामाथि गैरकानुनी काम हो, समाजिक रुपमा पनि गलत हो, ‘उनले भने, ‘यस्ता व्यक्तिमाथि कार्बाही हुनुपर्छ ।’ जिउँदै मान्छेलाई मरेको भन्दै जमिन हड्पेपछि लुहार परिवारमा उत्पन्न भएको विवाद वडामा पुगेको थियो ।

    भीमदत्त नगरपालिका १० नम्बर वडा कार्यालयले झुटा विवरण पेश गरेर जिउँदै मान्छेलाई मारेको देखाउने सुरेन्द्र माथि कार्बाहीको गर्न जिमुवा प्रहरी चौकीमा निवेदन दिएको वडा सचिव नाथले बताए । ‘सुरेन्द्रले वडा कार्यालय छलेर ठगेर गरेको अपराधको सजायका लागि हामीले किर्ते काम बिरुद्ध कार्बाही गर्न जिमुवा प्रहरीलाई निवेदन दिएका छौँ, ‘वडा सचिव नाथले भने, ‘प्रहरीले यसमा के गरिरहेको छ, थाहा भएन, मैले कतै यस प्रकरणमा वडाका कर्मचारीको मिलोमतो भए कार्बाही गर्ने चेतावनी दिएको छु ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले घटना बारेमा सम्बन्धीत प्रहरी चौकीमा बुझेर अघि बढ्ने बताए । ‘यो घटना हामीसम्म पुगेको छैन, ‘प्रवक्ता न्यौपानेले भने, ‘सम्बन्धीत पीडित आएर हेछौँ ।

  • ३ श्रावण २०७८, आईतवार २०:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images