संवैधानिक अधिकार प्रयोग गर्ने पार्टी निर्दलीय, अधिकार कुण्ठित गर्ने एमाले दलीय कसरी हुन्छ र? : प्रचण्ड
  • CIA Khabar

  • काठमाडौँ।    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक अधिकारको प्रयोग गर्ने पार्टी निर्दलीय र त्यसलाई कुण्ठित गर्ने पार्टी एमाले दलीय हुन नसक्ने बताएका छन् ।

    आइतबार संसदमा विश्वासको मतमाथिको छलफलमा बोल्दै उनले संविधानको धारा ७६ (५) ले निर्दलीयतालाई प्रोत्साहन नगरेको दाबी गरेका हुन् । संविधानको धारा ७६ (५) संसदलाई अकाल मृत्युबाट जोगाउन सांसदहरूलाई स्वविवेकीय अधिकारका लागि राखिएको बताए ।

    ‘सांसदलाई दिएको स्वविवेकीय अधिकार संसदलाई अकाल मृत्युबाट जोगाउन यो प्रावधान राखिएको हो । सबै ठाउँमा ह्वीप नलाग्ने भनिएको छैन,’प्रचण्डले प्रश्न गरे,’संविधानको अधिकार प्रयोग गर्ने पार्टीहरू चाहिँ निर्दलीयताको पक्षधर र अनि संविधान र व्यवस्था नै कुण्ठित गर्ने पार्टी चाहिँ दलीयताको पक्षधर हुनसक्छ ?’

    प्रधानमन्त्री देउवालाई अदालतले पद नदिएको बताए । सर्वोच्चले संविधानको धारा ७६ (५) को व्याख्या गर्दै देउवालाई त्यही प्रावधान अनुसार प्रधानमन्त्री बनाउन सम्झाएको उनले बताए ।

    ‘हामीले नै संविधानमा लेखेको होइन, संविधानको अन्तिम व्याख्यता सर्वोच्च अदालत होइन ? उसले संविधानको धारा ७६ (५) लाई व्याख्या गर्दै त्यही अनुसार देउवालाई प्रधानमन्त्री बनाउन सम्झाएको हो,’ उनले भने ।

  • ३ श्रावण २०७८, आईतवार २०:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images