काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा उनले प्रधानमन्त्रीको रूपमा आफूलाई विश्वासको मत दिन सबै राजनीतिक दलहरूसँग आग्रह गरेका हुन् ।
उनले विश्वासको मत मागेसँगै प्रतिनिधिसभामा मत दान प्रक्रियाका लागि लागि तयारी गरिएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनार्थ मत विभाजनका लागि तयारी गरिसकेको संसद् सचिवालयले जनाएको छ ।