जबरजस्ती करणी मुद्दाका एक फरार अभियुक्त पक्राउ
  • CIA Khabar

  • सुर्खेत । जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद फैसला भएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१ बस्ने ३७ बर्षीय मदन विक रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको थियो ।

    फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियान अन्तर्गत विकलाई आइतबार बेलुका उनकै घरबाटै पक्राउ गरिएको डीएसपी घर्तीलेले जनाए । अहिले उनलाई कारागार चलान गरिसकिएको प्रहरीले जनाएको छ ।

  • ५ श्रावण २०७८, मंगलवार ०९:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images