अश्लील चलचित्र बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान् पक्राउ
  • CIA Khabar

  • काठमाडौं । भारतीय अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । कुन्द्रालाई अश्लील चलचित्र (पोर्नोग्राफी कन्टेन्ट) बनाएको तथा त्यसलाई प्रसारित गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिमाथि अभियोग दर्ता गरिएको प्रहरीको भनाइ छ ।

    आज तकका अनुसार यो मामिलामा कुन्द्रा दोषी प्रमाणित भए उनलाई केही वर्षको जेल सजयासमेत हुन सक्छ । बिजनेशम्यान कुन्द्रालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । यो अभियोगमा कुन्द्रासहित नौ जना पक्राउ परेका छन् ।

    लाइभहिन्दूस्तान डटकमका अनुसार प्रहरीले कुन्द्राविरुद्ध पर्याप्त सबुत रहेको जनाएको छ । अनुसन्धानपछि कुन्द्रालाई गिरफ्तार गरिएको, यो मामिलामा उनी मुख्य दोषी रहेको तथा यसको पर्याप्त सबुत आफूहरूसँग भएको प्रहरीले जनाएको छ ।

  • ५ श्रावण २०७८, मंगलवार ०९:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images