काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले वरिष्ठ नेता माधव नेपालसँग भेट गरेका छन् ।
सुरुमा प्रचण्ड र नेपालबीच भेट भएको थियो । त्यसपछि उपेन्द्र यादव कोटेश्वर पुगेका थिए । बेग्लाबेग्ले भएको भेटमा सरकारमा सहभागिताका बारेमा कुराकानी भएको बुझिएको छ ।
प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि जसपाको उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने तयारीमा छ । एमालेको माधव पक्षलाई पनि सरकारमा सहभागी गराउन नेताहरूले प्रयास गरिरहेका छन् ।
नेताहरूले यस विषयमा गठबन्धनको बैठक बसेर छलफल गर्ने तयारी गरेका छन् ।