काठमाडौँ । नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।
राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले देशी विदेशी शक्तिसँग मिलेर प्रचण्ड र नेपालले एमाले विभाजन गर्न खाजेको बताएका हुन् ।
एमालेलाई सत्ताबाट हटाउने षडयन्त्रमा एमालेकै सांसदहरु सहभागी भएका कारण षडयन्त्र तोड्न नसिकएको उनले बताए । उनले केपी ओलीको साढे तीन वर्ष लामो सरकारले मुलुकका लागि धेरै काम गरेको जिकिर गरे ।
बस्नेतले आगामी निर्वाचनमा एमालेलाई सशक्त बनाएर पुन: सरकारमा आउने बताए । उनले पार्टीभित्र रहेर पार्टीविरुद्ध लाग्ने सांसदहरुलाई कडा कारवाही हुने बताए ।
त्यसअघि भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न आग्रह गरेका थिए ।