काठमाडौँ । कोभिड-१९ विरुद्ध चीनले उपलब्ध गराएको खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज राति चीन जाँदैछ ।
आज साँझ बेइजिङ प्रस्थान गर्ने जहाजले भोलि बिहान ६ बजे १० लाख डोज खोप लिएर आउने कार्यतालिका रहेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।
निगमको जहाजले तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याउने छ । शनिबारसम्म चीनबाट खोप ल्याउने क्रम चल्ने उनले जानकारी दिए ।