काठमाडौँ । प्रिमियर लिगको तयारी रहेको म्यानचेस्टर सिटीले फ्रेन्च क्लब ट्रोएससँगको मैत्रीपूर्ण खेल नखेल्ने भएको छ ।
कोरोना महामारीका कारण इंग्ल्यान्ड सरकारको नयाँ क्वारेन्टिन नियमले सिटी र ट्रोएसबीचको खेल रद्द गरिएको हो ।
प्रि-सिजन तयारी अन्तर्गत सिटीले जुलाई ३१ ट्रोएससँग उसैको मैदानमा खेल्ने तालिका रहेको थियो । तर, फ्रान्सबाट फर्किएपछि अनिवार्य १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएपछि सिटीले मैत्रीपूर्ण खेल रद्द गरेको हो ।
अब सिटीले जुलाई २७ मा च्याम्पियनसिप क्लब प्रिस्टनसँग खेल्नेछ । उक्त खेल बन्द रंगशालामा हुनेछ । सिटीले अगस्ट १५ मा टोटेनहमसँग खेल्दै नयाँ सिजनको खेल थाल्दैछ ।