काठमाडौँ । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ७५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
एक साताअघिसम्म दैनिक ४ सयको हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ नाघेको हो ।
मन्त्रालयका अनुसार विहीबार काठमाडौंमा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जना कोरोना संक्रमित थपिएका हुन् ।
यसअघि हिजो बुधबार काठमाडौँ उपत्यकामा मात्रै ६९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना कोरोना संक्रमित थपिएका थिए ।