जापानले चाँडै नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउने
  • CIA Khabar

  • काठमाडौँ । जापानले कोरोनाविरुद्धको १६ लाख डोज अस्ट्राजेनेका खोप चाँडै नेपाललाई उपलब्ध गराउने भएको छ ।

    नेपालस्थित जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग विहीबार भेटवार्ता गर्दै केही दिनमै उक्त खोप उपलब्ध गराउने जानकारी दिएका हुन् ।

    भेटमा राजदूत युताकाले यसअघि नै जापानले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप छिट्टै आइपुग्ने बताएको प्रधानमन्त्री देउवाले समाजिक सञ्‍जाल ट्वीटरमार्फत जानकारी दिएका छन्।

  • ७ श्रावण २०७८, बिहीबार २१:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images