सरकारको खर्चभन्दा ठूलो भयो व्यापार घाटा
  • CIA Khabar

  • Indian trucks loaded with goods are seen parked near the India-Nepal border at Panitanki on November 5, 2015. Nepalese police have tried to forcibly break up a border blockade on the Nepalese side of the border that was set up by activists angry over a new constitution, which has led to crippling fuel shortages and cut off access to other vital supplies in the landlocked Himalayan nation. AFP PHOTO/Diptendu DUTTA (Photo credit should read DIPTENDU DUTTA/AFP/Getty Images)

    काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालले अहिलेसम्मकै बढी परिमाणमा वैदेशिक व्यापार गरेको छ । एक वर्षको अवधिमा करीव १६ खर्ब ८० अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।

    यो गत आवको तुलनामा २९.८५ प्रतिशतले बढी हो । कोरोना महामारीका बीच नेपालको वैदेशिक व्यापार भने चम्किएको छ । गत आव २०७६/७७ मा नेपालले मात्र १२ खर्ब ९४ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

     

    आव २०७५/७६ मा भने १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । आव २०७६/७७मा भने कोरोनाको प्रभाव बढी देखिएको थियो ।

    आव २०७७/७८मा मा आन्तरिक अर्थतन्त्र प्रभावित भएपनि आयात-निर्यातमा भने निषेधाज्ञा तथा लकडाउनको प्रभाव नपरेको तथ्यांकले देखाएको छ ।

  • ८ श्रावण २०७८, शुक्रबार १८:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images