भारतमा थप ३९ हजारमा कोरोना संक्रमण पुष्टि
  • CIA Khabar

  • काठमाडौँ । भारतमा थप ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ४४१ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १३ लाख ३१ हजार १४५ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १५ हजार ७५५ जना संक्रिय संक्रमित छन् ।

    यस्तै त्यहाँ एकै दिन ५३६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार ३८ पुगेको छ ।

  • ९ श्रावण २०७८, शनिबार ०८:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images