सुटिङकी कल्पना परियारले बनाइँन् राष्ट्रिय कीर्तिमान
  • CIA Khabar

  • काठमाडौँ । जापानमा जारी ३२औँ ग्रिष्मकालीन ओलम्पिकको सुटिङतर्फ नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

    उनले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा आसाका सुटिङ रेन्जमा कल्पनाले ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

    कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उनले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सागमा उनी चौंथो भएकी थिइन् ।

    राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौंथोमा १०४.१, पाँचौमा १०३.४ र छैटौं १००.७ अंक जोडिन् ।उनी फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६औँ स्थानमा रहिन् ।

     

  • ९ श्रावण २०७८, शनिबार ०८:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images