पार्टीलाई असर गर्ने पाेष्ट सामाजिक सञ्जालमा नराख्न कांग्रेस अर्घाखाँचीकाे आग्रह
  • प्रेमनारायण आचार्य

  • अर्घाखाँची । नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीकाे बैठक विपि स्मृति भवन सन्धिखर्कमा आइतबार सम्पन्न भएको छ ।
              पाटी सभापति विष्णुप्रसाद खनाल (मुस्कान) काे अध्यक्षतामा सम्पन्न बैठकले पाटीलाई असर पर्ने कुराहरू सामाजिक सञ्जालमा पाेष्ट गर्ने कार्य नगर्न तथा नगराउन निर्देशन गर्ने लगायतका निर्णय गरेकोे जिल्ला सचिव विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
                पार्टीको भातृ संगठनका विषयमा सामाजिक सञ्जालमा बढी पाेष्ट भइरहने भएकाले त्यस्ता कार्य नगर्ने, नगराउने र भातृ सस्थामा देखिएको विवाद समाधानका लागि युवा विद्यार्थी ईन्चार्ज पिताम्बर खनालकाे संयाेजकत्वमा समिति गठन गरि विवाद समाधान गर्ने लगायतका निर्णय गरेको हाे ।

  • १० श्रावण २०७८, आईतवार २०:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images