उच्च अदालत पाटनबाट पनि सफाइ पाए महराले
  • CIA Khabar

  • काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि उनले सफाइ पाएका हुन् ।

    मंगलबार उच्च अदालतले उनीविरुद्धको मुद्दामा सुनुवाइ गर्दै सफाइ दिएको छ । उच्च अदालतले काठमाडौँ जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गर्‍यो ।

    उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।

    महराविरुद्धको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिइन् ।

    सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । आरोपपछि उनले २०७६ असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए ।

    ०७६ असोज १९ गते सभामुखको सरकारी निवासबाट पक्राउ परेका उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए ।

    उनलाई २०७६ फागुन ५ गते काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको थियो । त्यसपछि उनकझ मुद्दा उच्च अदालत पाटन पुगेको थियो ।

  • १२ श्रावण २०७८, मंगलवार १७:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images