‘बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने ?’ : गगन थापा
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद् गगन थाापाले पुनर्स्थापित संसद्ले सरकारलाई विश्वासको मत दिएसँगै अब नयाँ अध्याय प्रारम्भ भएको बताएका छन् ।

    प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले अध्यायको सुखान्तका लागि सरकार र सांसद् दुवैसँग नयाँ अपेक्षा रहेको बताए ।

    अघिल्लो सरकारले संसदलाई हेपेको अदालतलाई हप्काएको भन्दै यस्तो छुट वर्तमान सरकारलाई नभएको बताए । उनले भने, ‘संसद्लाई हेप्ने, अदालतलाई हप्काउने । न विधि मान्ने, न विज्ञानलाई पत्याउने । स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने । जनताको दुहाइ दिने तर आसेपासे पोस्ने । बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने । यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार । नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन ।’

    उनले संसद्ले पनि संकल्प गर्नुपर्ने बताए । उनले भने, ‘न त संसद्लाई बेवास्ता गर्न दिइने छ । न त कामविहीन बनाउन । न त मानोमानी ढंगले स्थागित गर्न दिइने छ । न त छल्न । यो संसद् सरकारसँग डराउने होइन, सरकार संसद्सँग डराउनुपर्ने छ, सांसद्को प्रश्नसँग सरकारको निगरानीसँग । परीक्षा प्रधानमन्त्रीको मात्रै होइन, सभामुखको पनि छ । यो संसद् जोगाउन लाग्ने हामी प्रत्येक सांसद्को छ ।’

  • १२ श्रावण २०७८, मंगलवार १७:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images