बूढानीलकण्ठ नगरपालिकाको सबै वडामा कोभिड विरुद्धको खोप
  • CIA Khabar

  • काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले नागरिकको सुबिधाका लागि वडा–वडामै कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । यसअघि नगरभित्र दुई ठाउँमा खोप केन्द्र राखिएकामा नगरपालिकाले अब १३ वटै वडाबाट खोप लगाउने तयारी गरेको हो ।

    कोरोना सङ्क्रमणको जोखिम बढिरहेको र निश्चित ठाउँमा मात्रै खोप केन्द्र राख्दा नागरिकले कष्ट व्यहोर्नुपरेको गुनासो आएकाले नगरभित्रका सबै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले बताए ।

    तोकिएको उमेर समूहका भन्दा पनि अन्य मानिस खोप केन्द्रमा उपस्थित हुँदा व्यवस्थापनमा साह्रै समस्या भयो । भिडभाड पनि बढी भएकाले सङ्क्रमणको जोखिम कम गर्दै नागरिकको सेवा र सन्तुष्टि बढाउन वडामै खोप लैजाने तयारी गरिएको उनको भनाइ थियो ।

    मङ्गलबारदेखि नै ४५–४९ उमेर समूहलाई चाइनीज भेरोसेल पहिलो मात्रा लगाउन थालिएको नगरप्रमुख उद्धबप्रसाद खरेलले बताए । उनले भने, “माग अनुसार एकै पटक त सक्ने अवस्था नभए पनि सबै नागरिकलाई खोप उपलब्ध गराउने र सङ्क्रमणबाट बचाउने अभियानमा हामी छौं ।”

  • १२ श्रावण २०७८, मंगलवार १७:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images