लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरूङ प्रदेश प्रमुखमा सिफारिस
  • CIA Khabar

  • sf7df8f}F, $ ;fpg . k|wfgdGqL z]/axfb'/ b]pjfsf] cWoIftfdf k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no l;+xb/af/df ;f]daf/ a;]sf] dlGqkl/ifbsf] a}7ssf ;xefuL . t:jL/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौँ । सरकारले गण्डकीमा पृथ्वीबहादुर गुरूङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुख पदमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

    मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई प्रदेश प्रमुखका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

    मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद साह पदमुक्तको प्रक्रियामा गएका छन् ।

    शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । ओली सरकारले उनलाई पदमुक्त गरेको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका शेरचनलाई नेकपा(माओवादी केन्द्र) ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।

    यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुन् ।

  • १२ श्रावण २०७८, मंगलवार १८:४० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images