गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखले लिए सपथ
  • CIA Khabar

  • रष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका नव नियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको सपथ गराएकी छन् । बुधबार राष्ट्रपति भवन शितल निवासमा उनीहरुलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशको प्रमुख अमिक शेरचन र गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमानसिंह गुरुङलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई आज नै प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

    गुरूङ कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव थिए ।

  • १३ श्रावण २०७८, बुधबार १९:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images