भारतमा थप ४१ हजारमा कोरोना संक्रमण पुष्टि
  • CIA Khabar

  • काठमाडौँ । भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ७९० जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १६ लाख ५४ हजार ५८४ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १७ हजार ३२७ जना संक्रीय संक्रमित छन् ।

    यस्तै त्यहाँ एकैदिन ५४२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २४ हजार ३८४ पुगेको छ ।

  • १७ श्रावण २०७८, आईतवार ०९:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images