दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको अध्यक्षमा डम्बर कुमार यादव निर्वाचित भएका छन् ।
अर्का प्रतिस्पर्धी रोशन श्रेष्ठलाई हराउदै यादव २०२१-२०२३ कार्यकालको अध्यक्षमा निर्वाचित भएका हुन् ।
अनलाइन मार्फत भएको मतदानमा यादवले २२५ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी श्रेष्ठले २४ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र अर्यालले जानकारी दिए ।
संयोजक अर्यालका अनुसार मोबाइल एसएमएस र इमेलबाट कुल ३७६ मत खसेको थियो । खसेको मतमध्ये ९ मत बदर भएको थियो भने बाँकी ११८ मत निर्धारित समय सकेपछि अनाधिकृत फोन नम्बर र इमेल आएका हुनाले मान्यता नदिएको उनले बताए ।
त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा ध्रुब रिजाल, उपाध्यक्ष रबिना अर्याल, रामबहादुर क्षेत्री, अर्जुन थापा र भक्तवीर राई निर्विरोध चयन भएको समितिले जनाएको छ । महासचिवमा उमेश भट्टराई, सचिवमा कृष्ण कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा सत्य केसी चयन भएका छन् ।
सदस्यहरुमा शुक्र लामा, मुकेश कुमार शिह, मधु सुदन अर्याल, नरेश कुमार यादव र गणेश अर्याल चयन भएका छन् । आईसीसी सदस्यमा वर्तमान अध्यक्ष तेज बहादुर थापा निर्विरोध चयन भएको समितिले जनाएको छ ।