काठमाडौँ । आयोजक जापानलाई हराउँदै स्पेनको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको फाइनलमामा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा जापानलाई अतिरिक्त समयमा १-० गोलले हराउँदै स्पेन फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा स्पेनका मार्को एसेन्सियो गोल गर्दै टिमलाई फाइनलमा पुर्याए । फाइनलमा स्पेनको भेट ब्राजिलसँग हुनेछ ।