मेरो राजीनामा मागिएको होइन, जिम्मेवारीको विकल्पबारे सोधिएको हो : शाक्य
  • CIA Khabar

  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफ्नो राजीनामा माग गरेको नभई वैकल्पिक व्यवस्थाबारे सोधिएको स्पष्ट पारेका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको खबर प्रधानमन्त्रीको सचिवालयबाटै सार्वजनिक भएको थियो ।

    त्यसको भोलिपल्ट पत्रकारहरुसँग कुरा गर्दै शाक्यले सरकारले आफ्नो राजीनामा नमागेको बरु वैकल्पिक कुन जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा गरेको बताए । ‘मेरो क्षमता अनुसार अहिलेसम्मको दक्षता अनुसार मलाई जहाँ जिम्मेवार दिए पनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन,’ उनले भने । उनले आफू अपमानजनक तरीकाबाट नभई सम्मानजनक रुपमा अहिलेको पदबाट बाहिरिन तयार रहेको संकेत समेत गरेका छन् ।

    सरकारले जुन स्थानमा खटाए पनि आफू काम गर्न तयार रहेको भन्दै उनले कोरोना महामारीको बीचमा प्राधिकरणमा बसेर आफूले उल्लेख्य काम गरेको बताए । राजीनामा नदिएर तपाईं अदालती प्रक्रियामा जाने हो ? भन्ने पत्रकारको प्रश्नमा भने उनले विकल्प दिएर खटाएमा अदालत जानु पर्ने कुनै कारण नहुने बताए । ‘अन्याय भयो भने अदालत जाने हो,’ उनले भने नत्र किन अदालतमा जानु ?’

  • २० श्रावण २०७८, बुधबार १९:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images