पाँच दिनपछि खुल्यो जयपृथ्वी राजमार्ग
  • CIA Khabar

  • बैतडी । सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

    लगातारको वर्षाले पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

    भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाले जानकारी दिए ।

    उनले भने,“पर्खाल निर्माण सम्पन्न भएपछि राजमार्गमा पूर्ण रुपमा सवारी आवागमन शुरु भएको छ ।”

    राजमार्ग खुलेसँगै बझाङ जाने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन चलेका छन् ।

  • २१ श्रावण २०७८, बिहीबार १८:०९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images