काठमाडौँको बौद्धमा एटीएम मेसिन फुटाउँदै गर्दा एक जना पक्राउ
  • CIA Khabar

  • काठमाडौँ । काठमाडौँको बौद्धस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेचौर घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने ३४ वर्षीय विनोद चौलागाईं छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बुधबार रातिको साढे १ बजेतिर एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

  • २२ श्रावण २०७८, शुक्रबार ०९:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images