बच्चालाई नियमित स्तनपान गराउँनाले आमालाई स्तन क्यान्सरको खतराबाट जोगाउँछ
  • CIA Khabar

  • संसारभर अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाइदै छ । यस अवधीमा महिलालाई स्तनपानबारे जानकारी दिइन्छ । स्तनपान सम्बन्धी फैलिएका केही भ्रम र झुटका बारेमा दिवसको अवसरमा वास्तविकतासहित प्रकाश पार्नेछौं ।

    भ्रम
    स्तनको आकार सानो भए बच्चाकालागि पर्याप्त दूध आउँदैन ।

    वास्तविकता
    स्तनपानकालागि स्तनको आकारको कुनै भूमिका हुदैँन । आमा स्वस्थ रहे बच्चालाई खुवाउन पर्याप्त दूध आउने गर्दछ ।

    भ्रम
    स्तनपानले बच्चालाई मात्र फाइदा पुर्याउँछ ।

    वास्तविकता
    यदि कुनै महिलाले नियमित स्तनपान गराउँछिन् भने यसले केवल बच्चालाई मात्र फाइदा पुर्याउँदैन । यसले आमालाई स्तन क्यान्सरको खतराबाट जोगाउँछ ।

    भ्रम
    स्तनपान गराउँदा स्तनको आकारमा परिवर्तन हुन्छ ।

    वास्तविकता
    स्तनपान गराउँदा स्तनको आकारमा कुनै फरक पर्दैन । यो थप स्वस्थ हुने गर्दछ ।

    भ्रम
    आमाको स्वास्थ्य बिग्रिए बच्चालाई स्तनपान गराउनु हुँदैन ।

    वास्तविकता
    आमाको स्वास्थ्य खराब हुँदा पनि बच्चालाई स्तनपान गराउन सकिन्छ । यसले बच्चाको स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँदैन ।

    भ्रम
    बच्चालाई आमा दूधभन्दा पाउडर दूध राम्रो हुन्छ ।

    वास्तविकता
    आमाको दूधमा एन्टीबडिज, लिभिङ सेल्स, इन्जाइम र हर्मोन हुने गर्दछ । यो पाउडर वा फर्मुला मिल्क भन्दा धेरै फाइदाजनक हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

  • २२ श्रावण २०७८, शुक्रबार ०९:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images