जापानले दिएको ४ लाख डोज खोप आज नेपाल ल्याइँदै
  • CIA Khabar

  • काठमाडौँ । जापानले नेपाललाई उपलब्ध गराएको १६ लाख कोरोनाविरूद्धको खोपमध्ये चार लाख डोज खोप आज नेपाल आइपुग्दैछ ।

    कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई उपलब्ध गराएको १६ लाख डोज एष्ट्राजेनेकाको खोपमध्ये आज र भोलिमा ८ लाख डोज नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    बाँकी आठ लाख डोज खोप अर्को साता नेपाल आउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

    भुटानले पनि नेपाललाई शुक्रबार तीन लाख डोज एष्ट्राजेनेका खोप उपलब्ध गराएको थियो । एष्ट्राजेनेकाको यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ।

    सरकारले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख ज्येष्ठ नागरिकले गत चैतमा लगाएका थिए । पैसा उपलब्ध गराउँदा पनि सेरम इन्स्च्यिूटले खोप उपलब्ध नगराउँदा उनीहरुले दोस्रो डोज लगाउन पाएका थिएनन् ।

  • २३ श्रावण २०७८, शनिबार ०९:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images