टोकियो ओलम्पिक : पुरूष फुटबलको स्वर्ण पदक ब्राजिललाई
  • CIA Khabar

  • काठमाडौँ । जापानमा जारी टोकियो ओलम्पिकमा पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ ।

    ब्राजिलको यू-२३ टिमले शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

    ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एकएक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।

    योसँगै ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो । यसअघि ब्राजिलले घरेलु भूमिमा २०१६ मा भएको रियो ओलम्पिकमा पनि स्वर्ण जितेको थियो ।

  • २४ श्रावण २०७८, आईतवार ०८:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images