दिल्लीबाट हराएका शोभाकन्त ३५ वर्षपछि बनेपामा भेटिए
  • CIA Khabar

  • काठमाडौँ । आफ्ना बुवासँग उपचारका क्रममा दिल्ली पुगेका स्याङ्जाको वालिङ–५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् ।

    पिसाबमा समस्या देखिएपछि दिल्लीमै उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुवासित गएका शोभाकान्त लामिछाने (शुकुन्त शर्मा)लाई सामाजिक सञ्जालमार्फत काभ्रे जिल्लाको बनेपास्थित एक होटलमा काम गरिरहेको रहस्य खुलेपछि शुक्रबार परिवारले सम्पर्क गरेका हुन् ।

    करिब ११ वर्षको उमेरमा बुवासँगै दिल्ली गएको बेला चिनेकै मान्छेले काममा लगाइदिन्छु भनेर लगेको र त्यही बेलादेखि नै सम्पर्कमा नभएको आमा हिमादेवी लामिछानेले बताइन् । ‘बुवा–छोरा दुवै जना अलि सोझो खालको र काम लगाइदिएको ठाउँको ठेगाना, सम्पर्क नम्बर पनि नराखेकाले यस्तो समस्या आइपर्‍योु, आमा हिमादेवीले भनिन्, ‘आफ्नै कोखबाट जन्मेको जेठो छोरो बेपत्ता भएपछि कति पीडा भयो, कति रोएँ, कराएँ सीमा नै भएन ।’

  • २४ श्रावण २०७८, आईतवार ०८:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images