सरकारले खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविन गर्ने
  • CIA Khabar

  • काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानविन गर्ने भएको छ ।

    सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै कांग्रेस महामन्त्री समेत रहेका कार्यदल संयोजक पूर्णबहादुर खड्काले कोरोनाकालमा भएका अनियमितताबारे छानविन गर्ने बताएका हुन् ।

    सत्तारुढ दलले गठन गरेको कार्यदलले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै खड्काले भ्रष्टाचारको छानविन गर्नेसँगै आगामी असोजभित्र एकतिहाई जनसंख्यालाई कोरोनाविरुद्धको खोप दिइने समेत सरकारको लक्ष्य रहेको बताए ।

    कालापानी र लिपुलेकका बारेमा कुटनीतिक माध्यमबाट समस्याको समाधानका लागि पहल गर्ने, राष्ट्रिय हितविपरीतको सन्धी सम्झौताका बारेमा पुनरावलोकन गर्ने लगायत सरकारको प्राथमिकता रहेको उनले बताए ।

  • २४ श्रावण २०७८, आईतवार १७:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images